१३औं धान दिवस आज “मानो रोपेर मुरी फलाऔं”
१३औं
राष्ट्रिय धान दिवस मुलुकभर आज बिशेष कार्यक्रम गरि मनाईदैछ । आजका
दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । कृषि मन्त्रालय लगायत
कृषि क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकायले आज धान
दिवसका अवसरमा विभिन्न ठाँउमा रोपाई महोत्वसको आयोजना गरेका छन् ।
नेपालले २०६१ देखि असार १५ लाई राष्ट्रिय धान दिवशको रुपमा मनाउन सुरु गरेको हो । यो बर्ष व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको बिस्तार भन्ने नाराका साथ मनाईदैछ । मुलुकको अर्थतन्त्रमा धानखेतीले उल्लेखनीय भूमिका खेलेपनि आधुनिक कृषि प्रणाली अभावमा पछिल्लो समय हजारौ टन धान, चामल बिदेशबाट आयात हुने गरेको छ ।
कृषि विभागका अनुसार नेपालमा झण्डै १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको छ । यो बर्ष समयमै बर्षा भएपनि १० प्रतिशत मात्रै रोपाई भएको छ ।आजकै दिन किसानले खेतमा रोपाई गरि दहि चिउरा खाने भएकाले आजका दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ ।
वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरु बताउँछन् । दिवशको अवसरमा कृषि बिभाग हरिहरभवनले ललितपूरको महालक्ष्मी नगरपालिका १२ सिद्धिपूर मा बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
हरेक धान दिवशमा कृषिमन्त्री सहित कृषिसंग सम्बन्धित संघसंस्थाको उपस्थितिमा धान दिवश मनाइने परम्परा रहेपनि यसपाली भने कार्यव्यस्तताका कारण कृषिमन्त्री सो कार्यक्रममा सहभागी नहुने जिल्ला कृषि विकास कार्यलय ललितपूरका वरिष्ठ कृषि विकास अधिकृत दिपककुमार शर्माले जानकारी दिनुभयो ।

असार १५, २०७३
निरन्जन गुप्ता

No comments:
Post a Comment
अति उत्तम