www.google.com.np
मेरो फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुहोस
Wednesday, July 13, 2016
" सन्देश तिमीलाई "
फूल जस्तै फूलीदेउ तिमी
काँडा झै तिख्रेर होईन ,
प्रेमीका भई प्रेम गरीदेउ तिमी
धोकेवाजले झै धोका दिएर होइन ।
पुर्णीमाको जुन भई झुलिदेउ तिमी
औँसीको रात झै रातिएर होइन,
शितलुको छहारी भई छाईदेउ तिमी
ढलेको रुख झै सुकेर होइन ।।
खरको झुपडीमा बाँच्न सिकिदेउ तिमी
धनको महलमा मात्र होइन ,
आँशुको क्षेणमा पनि रम्न सिकिदेउ तिमी
क्षेणिक हाँसोको पलमा मात्र होईन ।।।
काँडा झै तिख्रेर होईन ,
प्रेमीका भई प्रेम गरीदेउ तिमी
धोकेवाजले झै धोका दिएर होइन ।
पुर्णीमाको जुन भई झुलिदेउ तिमी
औँसीको रात झै रातिएर होइन,
शितलुको छहारी भई छाईदेउ तिमी
ढलेको रुख झै सुकेर होइन ।।
खरको झुपडीमा बाँच्न सिकिदेउ तिमी
धनको महलमा मात्र होइन ,
आँशुको क्षेणमा पनि रम्न सिकिदेउ तिमी
क्षेणिक हाँसोको पलमा मात्र होईन ।।।
Sunday, July 10, 2016
नेपालले सात वर्षमा टेस्ट खेल्न सक्छ .
नेपालले सात वर्षमा टेस्ट खेल्न सक्छ
नेपाल क्रिकेट संघ क्यान अहिले
निलम्बनमा छ । नेपाली टोलीको अन्तराष्ट्रिय प्रतियोगिताका लागि
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आफैंले हेरिरहेको छ । र, स्थानीय संयोजनको
जिम्मेवारी भावना घिमिरेलाई दिएको छ । घिमिरेले क्यानको कार्यकारी अधिकृत
(सीईओ)बाट भने राजीनामा दिएकी छन् । यसै सन्दर्भमा घिमिरेसँग अनलाइनखबरले
गरेको कुराकानीः
नेपाल क्रिकेट संघ क्यानको कार्यकारी अधिकृत (सीईओ)को रुपमा २१ महिना विताउनुभयो । आफैंले फर्किएर हेर्दा कस्तो रहृयो कार्यकाल ?
म नेपाली क्रिकेट सिस्टममा चल्ने बनाउन
चाहन्थेँ । त्यो सम्भव भएन । कम्प्लीट फेलियर भयो । हुनत यसका पछाडि धेरै
कारण छन् । यो म आफैं असन्तुष्ट भएको एउटा मात्र पक्ष छ ।
अरुमा सन्तुष्ट छु । किनकी २१ महिनामा जति पनि हामीले नेटवर्क कायमै गर्यो, त्यो धेरै हो । अरु काम पनि भएको छ भन्ने मलाई लाग्छ ।
उसो भए धेरै काम गर्नुभयो । तर, मुख्य लक्ष्यमा चाहिँ असफल हुनु भो । होइन त ?
मैले नगरेर नभएको होइन, कोशिश गरेको हो ।
मेरो १०० प्रतिशत इफोर्ट त्यसमा थियो । मैले केसम्म भनेकी हुँ भने सिस्टममा
चलाउनुपर्छ । यसका लागि म बाधक भएको छु भने राजीनामा दिन्छु, अर्को सीईओ
ल्याउनुस् । तर, नेपालको क्रिकेट अब सिस्टममा चल्नुपर्छ ।
हामीले फाइनान्स म्यानेजर ल्यायौं र समयमै
अडिट पनि बुझायौं । प्यान, भ्याट केही थिएन । त्यो भयो । ट्याक्स एक्जिमसन
सर्टिफिकेट पनि थिएन । त्यो ल्यायौं । हामी प्रक्रियामा थियौं । तर,
फाइनान्स म्यानेजरले छाडेपछि फेरि कमजोरीहरु रहन पुग्यो । यस्ता धेरै
कारणहरु छन् ।
उसो भए तपाईको २१ महिने कार्यकालको मूख्य उपलब्धि के हो त ?
यो त तपाईहरुले मूल्यांकन गर्ने हो ।
अहिले संगठन निष्कृय भएको अवस्थामा मैले जे जति भनेपनि त्यसलाई नजरअन्दाज
नै गरिन्छ । किनभने त्यो भन्दा ठूलो कुरा संस्था नै निस्कृय छ । तर, राम्रो
कामहरु पनि भएका छन् ।
एउटा मात्र भन्नुपर्दा त्यो राम्रो काम ?
हाम्रो जुन अन्तर्राष्ट्रिय लुकआउट थियो, हाम्रो नेपाली क्रिकेटको (स्पोन्सर र कूटनीतिको सन्दर्भमा) एकदमै बढेर गएको छ ।
नेपाल बिगर क्रिकेटिङ कम्युनिटीको पार्ट भइसक्यो । मानिसहरु नेपाली क्रिकेटका बारेमा बोल्न चाहन्छन्, आईसीसी पनि बोलिरहेको छ
अहिले पनि क्रिकेट अष्ट्रेलिया हामीलाई
सहयोग गर्न तयार छ । फिलिप हृयूजको म्याचका लागि पनि उनीहरुले फण्ड
छुट्याएका छन् । र, उनीहरु नेपाली क्रिकेटलाई सहयोग गर्न इच्छुक पनि छन् ।
तर, हामीकहाँ त्यसलाई सपोर्ट गर्ने कुनै सिस्टम नै भएन ।
बीसीसीआईको सहयोगमा एउटा लेभेलमा दुई तीन
चरणमा भारतको भ्रमण पनि गर्यौं । तर, त्यसलाई हामीलाई निरन्तरता दिन
सकेनौं । अरु कुरा पनि छन् ।
म क्यानमा आवद्ध भएपछि स्पोन्सरसिपका लागि
धेरै इच्छुक देखिए । हामीले एनटीसी ल्यायौं । तर, हामीसँग संरचना नै भएन,
जुन मार्केटिङ टुल हो ।
मार्केटिङमा खराब होस् कि राम्रो,
पब्लिसिटी पब्लिसिटी नै हो भनिन्छ । जे सुकै कारणले होस्, हामीले
अन्तराष्ट्रिय स्तरमा पब्लिसिटी पाएका छौं । नेपाल बिगर क्रिकेटिङ
कम्युनिटीको पार्ट भइसक्यो । मानिसहरु नेपाली क्रिकेटका बारेमा बोल्न
चाहन्छन्, आईसीसी पनि बोलिरहेको छ । हाम्रो खेल, क्रिकेट समर्थक धेरै
कारणले यो भएको हो ।
व्यवस्थापनको समस्या नयाँ होइन ।
तपाईले आफ्नो तर्फबाट समाधानको प्रयास गर्नुभो । तर, सफल हुनु भएन । खासमा
के त्यस्तो जकडिएर बसेको रहेछ ?
मैले देखेको समस्या भनेको विधान नै हो ।
त्यसमा पुनरावलोकन हुन जरुरी छ । विधान यस्तो छ कि यसले विकेन्द्रीकरणलाई
आत्मसात गरेको छैन । उसले केही मानिसहरुलाई शक्तिशाली बनाएको छ र
व्यवस्थापनलाई निकै संकुचित बनाएको छ । केही अधिकार नै छैन भन्दा हुन्छ ।
यदि मलाई असफल भन्ने हो भने पहिला त सीईओ, अकाउन्ट म्यानेजर केही थिएन ।
अशोकनाथजीहरुले नै सबथोक चलाइरहनु भएको थियो । तर, पनि आईसीसीले ८४ हजार
जरिवाना गर्यो । हामीलाई त कुनै दण्ड जरिवाना दिइएको छैन । यत्ति हो कि
होल्ड भएको छ । यसको अर्थ नेपालको पैसा आईसीसीले दिँदैन भन्ने होइन ।
नेपालको पैसा आईसीसीले फिर्ता गर्छ । तर, हामीले त्यो पैसा सही ठाउँमा
सदुपयोग हुन्छ भनेर उसलाई विश्वास दिलाउन सक्नुपर्छ ।
तपाईले विधानमा समस्या देखाउनु भयो । तर, क्यानको नेतृत्वले चाहने हो भने त विधान परिर्वतन गरेर समय अनुकुल बनाउन सक्छ नि होइन ?
हो । नेतृत्व भनेको व्यवस्थापन, सीईओ वा
अरु कोही होइन । बोर्डको अध्यक्ष, महासचिव र सदस्यहरु हो । बोर्डको
साधारणसभामा सहभागीहरुले छलफल गरेर संशोधन गर्न सक्छन् । हामीले त केही
सुुझाव दिन पनि मिल्दैन । यसमा आईसीसीको पनि भूमिका हुँदैन ।
यसको अर्थ क्यानको नेतृत्वमा जो आए वा जसले चुनेर पठाए उनीहरुले नेपाली क्रिकेट नै बुझ्न सकेनन् ?
त्यही भएर पूर्ण परिर्वतनको जरुरी छ । म
यो भन्दिन कि उहाँहरुले क्रिकेटलाई माया गर्नु हुन्न । तर, हामीले जुन
सोचिरहेका छौं, टेष्ट खेल्ने, विश्वकप खेल्ने, यो सहज छैन । हामी आफ्नै
फण्डमा चल्न सक्ने अवस्था छैन । हामी बीसीसीआई होइनौं । नेपाली बोर्ड हो । र
हामी ९८ प्रतिशत आईसीसीको फण्डमा चल्छौं । जब अरुको सहयोगमा चल्छौं भने
उसले राखेका सर्तहरु पुरा गर्नेतिर पनि हामीले ध्यान दिनुपर्छ । फेरि
आईसीसीले हामीलाई मात्र फण्डिङ गाइलाइन बनाएको त होइन । सदस्य ९५ देशलाई नै
त्यही नियम लागू गरेको छ ।
क्यानमा रहँदा अध्यक्ष र
कार्यबाहक गरेर धेरैसँग काम गर्नु भो । राखेपसँग पनि काम गर्नु भो । अब
भोलि नयाँ कोही आउलान् । क्यानको नेतृत्वमा आएकाहरुमा खास के समस्या हुन्छ र
उनीहरुले काम गर्न सक्दैनन् ?
मैले
जति पनि देखेँ, उहाँहरु काम गर्न चाहनुहुन्छ । तर, उहाँहरुको लक्ष्य समान
हुँदैन । एउटै भिजन हुँदैन र साझा सहमति बन्दैन । गुटवन्दी ठूलो समस्या हो ।
उसो भए अब के गर्नुपर्छ, जसले नेपाली क्रिकेटलाई अगाडि बढाउन सक्छ ?
दैनिक काम गर्नेदेखि प्रतियोगिता
गर्नेसम्मका व्यवस्थापनका कामहरु छन्, प्रोफेसनल म्यानेजमेन्टले चलाउनुपर्छ
। महासचिव हुनुहुन्छ भने उहाँलाई विधानले अधिकार दिएको छ । तर, उहाँ दैनिक
काममा संलग्न हुन आवश्यक छैन ।
तपाईले भन्दै आएको प्रोफेसनल म्यानेजमेन्ट कस्तो हुन्छ ?
हामीले भन्ने गरेको प्रोफेसनल
म्यानेजमेन्ट भनेको क्रिकेट अपरेसन म्यानेजर हुन्छ । जसले कुन देशमा टुर
जानेदेखि सबै तय गर्छ । फाइनान्स म्यानेजर, सीईओ र हरेक क्षेत्रमा
डेभलपमेन्ट म्यानेजरहरु चाहिन्छ । टिम म्यानेजर, प्रशिक्षक हुनुपर्छ ।
बोर्डका सदस्य र अध्यक्ष टिम म्यानेजर
बनेर जानु राम्रो होइन, योसँग हाम्रो क्रिकेट जोडिएको छ । बोर्डका सदस्यहरु
जान सक्नुहुन्छ, तर, टिम म्यानेजरको सट्टा होइन । क्रिकेट बोर्डले खर्च
गर्न सक्छ भने नेपाली क्रिकेटको दूतका रुपमा जाँदा हुन्छ ।
भनेपछि यो सबै हो, तपाईले क्यानको सीईओबाट राजीनामा दिनुको कारण ?
मैले सँधै चाहेको भनेको नेपाल क्रिकेट एउटा सिस्टममा जाओस् । यसका लागि मैले पर्खिएँ पनि । राम्रो दिन आउँछ भनेर पर्खिबसेँ तर, आएन ।
र, यस्तो समयसम्म पर्खिन सक्दिँन कि सबै
कुरा ढिलो हुँदै जाओस्, प्रदर्शन पनि राम्रो नहोस् । अहिले क्यान पनि
निश्कृय छ । दुई वटा क्यान भएपछि कसैले म सीईओ छैन भन्छन्, कसैले छ भन्छन् ।
अर्थात म क्यानको सीईओ छु, तर पनि केही गर्न सक्दिँन । न मैले
कन्ट्रयाक्टमा राखेको खेलाडीलाई तलब खुवाउन सक्छु, न कर्मचारीलाई नै । न
स्पोन्सरहरुसँग पैसा लिएर प्रतियोगिता नै गराउनसक्छु । भनेपछि म पदमा मात्र
रहेँ, कुनै काम गर्न सकिँन ।
आइसीसीले स्थानीय संयोजकको भूमिका
दिएकाले पनि यो निर्णय लिन मद्दत गर्यो ? किनकी सीईओबाट राजीनामा दिएपनि
नेपाली क्रिकेटमा त हुनुहुन्छ नै ।
म आफ्नो टार्गेट आफैं निर्धारण गरेर काम
गर्छु । पछिल्लो पटक मेरो लक्ष्य भनेको नामिबियासँगको खेल नेपालमा
सफलतापूवर्क गराउने थियो । त्यसमा सफल भएँ । यदि अरु टुर्नामेन्टहरु नभएको र
एमसीसी, नेदरल्याण्ड टुरहरु नभएको भए मैले अगाडि नै राजीनामा दिइसक्थेँ ।
अहिले चाँही तपाईलाई आईसीसीले दिएको मुख्य जिम्मेवारी के के हो ?
लोकल अपरेसन हो । अहिले क्याम्प भइरहेको
छ, क्रिकेटरहरु खेलिरहेका छन्, के भरहेको छ हेर्ने हो । नेदरल्याण्डका लागि
लजिस्टिक सपोर्ट गर्ने हो । एकदमै सामान्य जिम्मेवारी छ ।
नेपालको क्रिकेट भन्नासाथ सिनियर टिम मात्र त होइन । तपाई र आईसीसीले सिनियर टिम मात्र हेर्ने हो कि अरु पनि ?
मलाई विश्वास छ, ७ वर्षमा हामी टेष्ट खेल्न सक्छौं । र, यसका लागि एउटै शर्त हो आजैबाट क्रिकेटको विकासका लागि काम गर्ने । यो काम काठमाडौंबाट गरेर हुँदैन
निलम्बनपछि आईसीसीले नेशनल टिमलाई
अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न दिन भनेको छ । घरेलु क्रिकेट संचालन
गर्ने उसले भनेको छैन । नेशनल टिमप्रतिको उनीहरुको प्रतिवद्धतालाई मैले
यहाँ बसेर सहजिकरण मात्र गर्ने हो ।
उसो भए हाम्रो उमेर समूह र महिला क्रिकेट टिमले कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पाउँछ कि पाउँदैन ?
हाम्रो कुनै पनि टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा जानु पर्ने भयो भने आइसीसीले हेर्छ । तर, घरेलु क्रिकेट हेर्दैन ।
यदि दुई मध्ये कुनै पनि क्यानले घरेलु क्रिकेटबारे काम गर्छु भन्यो भने आईसीसीको आपत्ति हुन्छ कि हुँदैन ?
क्रिकेटको विकासका लागि आईसीसीले कुनै
अब्जेक्सन गर्छ भन्ने मलाई लाग्दैन । राष्ट्रिय प्रतियोगिता खेलाउन,
स्थानीय गतिविधि गर्न कुनै अवरोध हुँदैन । तर, अन्तर्राष्ट्रिय टुरको
छनौटमा भने उसको आपत्ति हुनसक्छ ।
आईसीसीको पछिल्लो साधारण सभाले
नेपालको निलम्बनलाई अनुमोदन गरेपछि अब लामो समय जान्छ कि भन्ने अनुमान
गर्नेहरु धेरै छन् । त्यस्तै हो ?
हामी धेरै अनुमानमा चल्छौं । उनीहरुले
बोर्डको निर्णय अनुमोदन मात्र गरेको हो । हाम्रो पनि बोर्डले गरेको कुनै
पनि निर्णय साधारणसभाले अनुमोदन गर्नुपर्छ । यसको अर्थ नेपालको क्रिकेट
वर्षौं निलम्बनमा जाने भयो भन्ने होइन । यदि हामीले कुनै निकास निकाल्छौं र
आईसीसीलाई विश्वास दिलायौं भने निलम्बन छिट्टै हट्न सक्छ ।
आईसीसीको यो साधारणसभा अगाडि
टेष्टमा दुई डिभिजन बनाउने, एकदिवसीय लिग बनाउने र १३ औं टिममा नेपालको
दाबेदारी हुने भन्ने चर्चा थियो । भलै, यो त पास भएन । तर, तपाईँ नेपालले
टेष्ट कहिले खेल्छ भन्ने देख्नुहुन्छ ?
मलाई विश्वास छ, ७ वर्षमा हामी टेष्ट
खेल्न सक्छौं । र, यसका लागि एउटै शर्त हो आजैबाट क्रिकेटको विकासका लागि
काम गर्ने । यो काम काठमाडौंबाट गरेर हुँदैन । क्रिकेटको हबहरु भैरहवा,
बिराटनगर, वीरगञ्जबाट सुरु गनुपर्छ । यसका लागि हाम्रो हाइ पफर्मेन्स
हुनुपर्छ र हाम्रो क्यानको बलियो उपस्थित त्यही क्रिकेट बेल्टमा हुनुपर्छ ।
तपाईलाई कहिलेकाहीँ लाग्दैन, मसँग
भिजन पनि छ, डेडिकेसन पनि छ र अन्तर्राष्ट्रिय सम्वन्ध पनि छ । अब क्यानको
सीइओ होइन, अध्यक्ष भएर गर्न पाए हुन्थ्यो ?
तपाईले भनेको जस्तो मेरो कल्पना छैन ।
अगाडि जे जिम्मेवारी आउँछ, त्यो गर्दै जाने हो । मेरो अहिलेको बाटोमा कुनै
पनि एङ्गलबाट त्यस्तो लागेको छैन । भविश्यमा चुनौती र सम्भावनाहरु आउँछन् ।
तर, मलाई बलियो रुपमा लागेको के छ भने भिजनसहित जो कोही आए पनि नेपालले
सात वर्षमा टेष्ट खेल्न सक्छ । त्यसका लागि काम गर्नुस्, हामीले एक स्टेप
अगाडि बढ्दा सहयोगी हातहरु आउँछन् ।
उसो भए जो आए पनि क्रिकेटको विकास गर्न सक्छ ?
इच्छा छ भने किन हुँदैन । क्रिकेटको विकास
गर्छु र नेपालमा टेष्ट खेलाउँछु भन्ने इच्छा र त्यस अनुसारको भिजन लिएर
आउने हो भने सम्भव छ । तर, यसले उचालेर पछार्छु, यसलाई तह लगाउँछु भनेर
आउनु भएन ।
Friday, July 8, 2016
मुख्यसचिवले एउटा खरिदारलाई पनि सार्न सक्दैनः सोमलाल सुवेदी
मुख्यसचिवले एउटा खरिदारलाई पनि सार्न सक्दैनः सोमलाल सुवेदी
'निर्णय लेख्नेभन्दा मुख्यसचिवलाई कुनै अधिकार दिएको छैन'
२४ असार, काठमाडौं । स्थायी सरकार
मानिने निजामति कर्मचारीको सामाजिक छवि हरेक दिन धुमिल बन्दै गइरहेको छ ।
सेवाग्राहीको मनस्थितिमा सरकारी कर्मचारीहरु सबै भ्रष्ट र ठग हुन्छन् भन्ने
बुझाइ छ । कर्मचारीको आर्थिक जीवनस्तरप्रति पनि आम नागरिकको गहिरो शंका छ,
के उनीहरुले सही तरिकाले सम्पति आर्जन गरेका हुन् त ?
सेवाग्राही र कर्मचारीवीचको मनोवैज्ञानिक द्वन्द्वको सेरोफेरोमा रहेर अनलाइनखबरका लागि मुख्यसचिव डा सोमलाल सुवेदीसँग पुष्प ढुंगानाले गरेको कुराकानी ।
निजामति प्रशासनको सामाजिक छवि नराम्ररी धुमलियो नि ?
सत्य हो । यसको मुख्य कारण काम गर्ने
वातावरणको कुरा हो । वातावरण नै छैन भने कर्मचारीबाट मात्र सतप्रतिशत फलको
आश गरेर केही हुँदैन । अनि काम गरेनन् भनेर सरापेर मात्रै हुँदैन ।
अर्कोतर्फ अतिक्रमण गर्ने र अतिक्रमण गराई माग्ने कर्मचारीहरु उस्तै मिलेका
छन् । यसले समस्या बढायो ।
जस्तै ?
सकेसम्म पहुँच खोज्दै हिँड्ने प्रवृति
बढेको छ । पहुँचवालाले बेवास्ता गरिदिए त्यस्ता व्यक्ति सिस्टम खोज्दै
आउँथे । सबै कुरा सिस्टममा आयो भने पहुँच खोज्दै हिँड्नै पर्दैन । पाएसम्म
सबै पहुँच खोज्दै हिँड्ने, नसकेपछि सिस्टम भएन भन्नु गलत भयो । सबैले
सिस्टम बनाउन खोज्ने हो भने समस्या समाधान हुँदै जान्छ ।
राजनीतिक अतिक्रमण गर्ने कुरा एउटा पाटो
हो, तर अतिक्रमण गराइमाग्ने कर्मचारी पनि कम छैनन् । मलाई फलानो ठाउँमा
सरुवा गरिदिनु पर्यो भन्दै कर्मचारी भन्न नगए राजनीतिककर्मीहरुलाई थाहा
हुँदैन । फलानो जिल्लामा सरुवा हुँदा मलाई सजिलो हुन्थ्यो भन्दै कर्मचारी
किन नेताको घरमा पुग्ने ? अनि कर्मचारीले फलानो जिल्लामा सजिलो हुन्थ्यो
भन्दैमा अमूक दलका नेताले सरुवाका लागि दवाव नदिए हुने हो नी । यी दुवै
पक्षमा रहेको विकृत बुझाइले कर्मचारीको छवि बिगि्रइरहेको सत्य हो ।
विकृति छन् भनेर बस्नु भन्दा बाहेक सुधार्न के गर्नुभयो ?
मुख्यसचिवको विशेषाधिकार के छ भन्नुस् त,
मैले सुर्धानका लागि । तपाई सोच्न सक्नुहुन्छ ? मुख्य सचिवले एउटा सचिव
सार्न सक्दैन । पोल्टिसियनले गरेको निर्णय लेख्ने भन्दा मुख्य सचिवलाई कुनै
अधिकार दिएको छैन । यो कुरा गर्न हुँदैनसम्म त भन्न सक्छु, तर सुनुवाइ भएन
भने के गर्ने ?
अर्कोतिर सचिवहरुको कुरा छ, सचिवहरु आफ्नै
मन्त्रीप्रति जवाफदेही हुने हो, मसँग समन्वयका लागि मात्र आउने हो ।
हाम्रो व्यवस्थामा सचिवहरु मुख्य सचिवप्रति जवाफदेही हुने प्रचलन नै छैन ।
हुनुपथ्र्यो कि पर्दैन ? यो फरक कुरा हो, मन्त्रीसँग पनि राम्रोकाम गरे त
परिणाम राम्रै आउँथ्यो होला । तर त्यो भएको छ त ? प्रश्न त्यहाँ उठाउने हो
।मुख्य सचिवले एक्लै के गर्न सक्छ ? एउटा खरदार सार्न सक्दैन, काम गर्नेलाई
सार्न पनि परेन, काम गरेन भनेर निकाल्नसमेत सक्दैन । हाम्रो डिजाइनमा
मन्त्रालय जिम्मेवार हुने हो, मुख्य सचिवले सुझाव दिने हो, सुझाव दिएको
दिएै छ, तर केही भएको छैन ।
किन, यति कमजोर भइसक्यो प्रशासन ?
चेन अफ कमाण्ड कमजोर छ । यही कारण मैले
बारम्बार अटोनोमीको कुरा गरिरहेको छु । राजनीतिक कर्मीलाई मात्र दोष दिने
ठाउँ छैन । कर्मचारी आफैँ राजनीतिक कर्मीको ढोका चहार्दै नगए त्यो नेतालाई
के थाहा हुन्छ । कम्तिमा हस्तक्षेप त कम हुन्थ्यो । यसरी गलत प्रवृति
मौलाइरहेको छ ।
सेवाग्राही कर्मचारी प्रशासनमाथि किन यतिधेरै नकारात्मक भयो ?
दुइवटा कुरा छ । सेवाग्राही पनि सबैलाई
काठमाडौँबाट सेवा चाहिएको छ । उनीहरुमा पनि सबै प्रक्रिया नपुर्याउने,
सामान्य ढंग नपुर्याउने र आफ्नो कमजोरी लुकाउन कर्मचारीलाई गाली गरेर
हिँड्ने प्रवृत्ति बढी छ । राम्रा कुराहरु पनि भएका छन्, तर सकारात्मक
कुराको खोजी नगर्ने हरेक कुरालाई नकारात्मक कोणबाट व्याख्या गर्ने
प्रवृत्ति मौलाइरहेको छ ।
आधा गिलास पानी छ भने आधा गिलास खाली छ
भन्नेतिर समाज गइरहेको छ, आधा गिलास भरिएको छ अब पुरै भर्नेतिर लाग्यौँ
भन्ने सोच छैन । एउटा क्षेत्र होइन, सबै क्षेत्रमा नकारात्मक सोच हावी
भइरहेको छ । राम्रोसँग काम गरौँ भन्नेलाई पनि राम्रो वातावरण छैन । यो
अहिलेमात्र भएको होइन, हिजोदेखिको लिगेसी हो ।
साख बढाउन केही गर्न सकिन्छ ?
ब्यूरोक्रेसीको आफ्नै प्रतिवद्धता चाहिन्छ
। कसैले धकेलेर असल बन भनेर केही हुँदैन । काम नगरेको छैन, मेहनत गर्नेहरु
गरिरहेका छन् । तर, हामीले राम्रा काम पनि गरिरहेका छौँ, राम्रा मान्छेहरु
पनि छन्, भन्ने कुरा जस्टिफाइड गर्न परिणामबाट देखाउन सकिरहेका छैनौँ ।
हामीले तिरेको करमा तलब खाने कर्मचारीहरु शासक प्रवृति देखाउँछन् भन्ने सेवाग्राहीको गुनासो हुन्छ, नि ?
यो धेरै पहिलेदेखिको गुनासो हो । तर,
अहिले धेरै परिवर्तन आएको छ । केही वर्ष पहिलेसम्म कर्मचारीहरुले एकतह
माथिको हाकिम भेट्न सक्दैनथ्यो । तर, अहिले जुनसुकै तहका हाकिमलाई सजिलै
आफ्नो कुरा भन्न सक्ने स्थितिमा पुगेको छ । काम गर्दा विविध किसिमका
समस्याहरु आउँछन् । तर, हामीभित्र समस्यालाई सल्टाउने भन्दा पनि पन्छाउँदै
जाने, अल्झाउँदै भाग्ने प्रवृत्ति छ । त्यही कारणले यस्ता आरोप लागिरहेका
छन् । अघि पनि भनँे, नकारात्मक सोचले पनि यस्तो भइरहेको छ ।
दिनभरिमा यतिवटा काम भयो कसैले भन्दैन,
तीनवटा काम भएन भने भएन भन्ने हल्ला गर्छन् । अरुलाई दोष दिन सजिलो पनि
हुन्छ । त्यसकारण कर्मचारीमाथि लाग्ने आरोपमा केही सत्यता त छ नै, सामाजिक
मूल्य मान्यताले पनि काम गरेको छ ।
प्रत्यक्ष सेवा दिने कार्यालयहरुमा आवश्यक कर्मचारी किन राख्नुहुन्न ?
सर्भिस डेलिभरीका लागि हाम्रो डिजाइनमा नै
फल्ट छ । त्यसले डेलिभरीलाई कमजोर बनायो, र क्षमतामा पनि उस्तै समस्या छ ।
त्यो आजको समस्या होइन, हिजोदेखिको समस्या हो ।
प्रशासनविदहरु लोकसेवाबाट पछिल्लो
समयमा कमजोर उम्मेदवारवीच प्रतिस्पर्धा चल्न थाल्यो, राम्रा मान्छे आउन
छोडे भन्छन् नि, त्यस्तै हो ?
लोकसेवा आयोगले टेष्ट गरेर पठाएअनुसार काम
गर्ने वातावरण नभएको हुन सक्छ । अर्को, पढुञ्जेल देखाउने क्षमतालाई काम
गर्दा नदेखाउने समस्या छ । पास/फेलको कुरालाई जीवन मरणजस्तै गरी लिने, जसरी
पनि पास हुने, तर त्यसरी पास भएपछि जे गरे पनि हुने । सेवा दिनका लागि
जसरी पढियो, त्यसको आधा मेहनत पनि नगर्ने समस्या छ । कार्य सम्पादनका
आधारमा मूल्यांकन नहुँदा ब्यूरोक्रेसी बढ्ता सुरक्षा छ ।
राम्रालाई पुरस्कृत गर्ने, नराम्रालाई दण्ड दिने विधि बनाउन त तपाईहरु आफैँ पनि त सक्नुहुन्थ्यो ?
हाइरिङ सिस्टम भयो, तर फाइरिङ सिस्टम भएन ।
फेरि फाइरिङ सिस्टममा अध्ययन पुगेन भने त्यसको परिणाम अर्कैै निस्कन सक्छ ।
गोल्डेन हृयाण्डसेक विधि अपनाएको मुलुकमा बसे हुन्थ्यो भन्ने मान्छे
जान्छ, गए हुन्थ्यो भन्ने मान्छे बस्छ । बाहिरको उदाहरण त्यस्तो छ । काम नै
नगरेको पनि होइन, जटिलताका कारण रोकिएका कामलाई लिएर अफवाह फैलाउने काम
गरियो । मैले जागिर खाएको बेलामा भन्दा अहिले धेरै परिवर्तन भएको छ ।
परिवर्तन त भयो, सकारात्मक भयो कि नकारात्मक ?
सुधार भएको छ । चेन अफ कमाण्ड कमजोर भयो
होला, सार्वजनिक संस्थानहरुले दिने सेवा कमजोर हुँदा ब्युरोक्रेसी बढी
बदनाम भइरहेको छ । संस्थानहरु मन्त्रालयले भनेको टेर्दैन, सेवा वितरणको
भावना छैन । त्यसको दोष ब्युरोक्रेसीले भोग्नु परेको छ । तल सेवाग्राहीको
अपेक्षा एकदम बढी भयो । यसकारण असन्तुष्टि बढेको हो ।
आफु केही नगर्ने, आफ्नो गल्ती ढाकछोप गर्न
अरुलाई दोष दिने प्रचलन हावी भयो । स्कुलमा शिक्षकले राम्रो पढाउँदैन,
त्यसको दोष ब्युरोक्रेसीले भोग्नुपरेको छ । शिक्षकले नपढाएको कुरामा
शिक्षकलाई जवाफदेही बनाउनुपर्छ । तर, यहाँ जिशिअलाई कारवाही गर्ने कुरा
आउँछ । सबैभन्दा बढी तलब शिक्षकमा जान्छ, पेन्सनको भार त्यहीँबाट बढिरहेको छ
। अनि उसले नपढाएर गरेको गल्तीको दोष कर्मचारीले लिनुपरेको छ । त्यसकारण
हाम्रो सिस्टम नै गलत छ ।
सचिवस्तरको बैठकमा तपाईले दिएको निर्देशन सचिवहरुले नै मानिरहेका छैनन्, ब्युरोक्रेसीको भद्रगोल हेर्न योभन्दा बढी के बुझ्नुपर्छ ?
आफैँले सहमति गरेका काम गर्दैनन् । मैले
निर्देशन दिने हो, काम गर्दैनन् भने केही गर्न सक्ने अधिकार छैन । आफैँ
‘एग्री’ गरेका कुरा किन कार्यान्वयन गर्दैनौं भनेर उनीहरुलाई सोध्दा राम्रो
होला ।
सचिव तहका कर्मचारी यति बेइमान, अप्ठेरो मान्दैनन् ?
उनीहरुलाई सोध्नुस् । उनीहरु आफुले गरेको
निर्णयमा कति जवाफदेही छन्, त्यहीँबाट थाहा पाउनुहुन्छ । दुईवटा कुरा हो,
पोर्टफोलियोमा मुख्य सचिव माथि छ, तर मुख्यसचिवसँग पेशागत एकान्ट्याविलिटी
पनि छैन, हाइर्याइकल एकाउन्टीविलीटी पनि छैन । भन्ने हो, ध्यानाकर्षण गर्ने
हो । मैले दिएका निर्देशन, निर्णयमात्र कार्यान्वयन गर्ने हो भनेपनि धेरै
काम भइ सक्थे । त्यसकारण मुख्य सचिवले भिजन दिन्छ, निर्देशन दिन्छ । तर,
काम गर्नेले त गर्नुपर्छ नि ।
देश संघीयतमा गएपछि केही परिवर्तन महसुस गर्नुभएको छ ?
खै, हामी सचिवको व्यवहारमा परिवर्तन आएको
छ, न मन्त्रीको व्यवहारमा परिवर्तन आयो, पार्टीको बुझाइ र व्यवहारमा कुनै
परिवर्तन आएको छैन । कर्मचारीको बुझाइमा परिवर्तन आएको छैन, ट्रेढ युनीयनको
बुझाइमा परिवर्तन आउन सकेको छैन । त्यतापटि कसले हेर्ने ? परिवर्तनको
अनुभूति त सबैले गर्नुपर्ने हो । थुप्रै कुरा छन् । निष्कर्ष के भने
विकेन्द्रीकरण, परिवर्तन भनाइमा होइन, व्यवहारमा देखाउनुपर्छ ।
Monday, July 4, 2016
गजल
lhGbuL of] cfh lsg Aoy{ nfUg yfNof]
d'xf/ af6 d':sfgx? lsg 6f8f efUg yfNof]
sNkgfsf] ;k'gfdf /dfpb} lx8\bf lx8\b}
lakgfdf p7L x]bf{ pgL 6f8f efUg yfNof]
d'xf/af6 d':sfgx? lsg 6f8f efUg yfNof]
slt w]/} dfof lnO lap?ltPsf] d]/f] dg
pgsf tL zAbdf g} v} lsg yfSg yfNof]
d'xf/ af6 d':sfgx? lsg 6f9f efUg yfNof]
d]/f lglDt 6';fPsf pgsf tL lg:rn dfof
v} lsg plgn] g} dg leq hfSg yfNof]
d'xf/ af6 d':sfgx? lsg 6f8f efUg yfNof]
xHhf/f} ;k\gf ;hfO{ hLjge/ xft dfUbf
dg leq ;Kgf n'sfO{ bfOsf] gftf dfUg yfNof]
d'xf/ af6 d':sfgx? lsg 6f8f efUg yfNof] .
Subscribe to:
Posts (Atom)