वैशाख २९, २०७४- विश्वमा फिल्म बजार बढ्दो
छ । बढ्दो व्यापारकै कारण फिल्मको विषयवस्तु समेत सिर्जनात्मक कम, बिकाउ
ज्यादा हुँदै गइरहेको आरोप पनि फिल्मकर्मीले खेप्दै आएका छन् । गत साता
रिलिज भएको भारतीय फिल्म ‘बाहुबली २’ भने सिर्जनात्मक हिसाबले जति चर्चा
भएको छ, त्योभन्दा बढी कमाइका रेकर्ड राखेर भाग्यशाली साबित भइरहेको छ ।
एसएस राजामौली निर्देशित ‘बाहुबली २’ ले यतिबेला विश्वव्यापी रूपमा दस दिनमा एक हजार करोड भारु कमाइ गरी नयाँ रेकर्ड कायम गरेको छ । यसअघि कुनै पनि भारतीय फिल्मले यति धेरै कमाइ गर्न सकेका थिएनन् । त्यसो त ‘बाहुबली २’ ले पहिले नै विभिन्न शीर्षकमा बनेका रेकर्डलाई समेत भत्काएर नयाँ अंक स्थापित गरिदिएको छ । स्वदेशमा पनि नौ दिनको सर्वाधिक छिटो समयमा ३ सय करोड भारु कमाइ गरी नयाँ रेकर्ड राखिदियो । http://kantipur.ekantipur.com/news/2017-05-12/20170512101329.html