Tuesday, January 10, 2017

संघियतामा कर्मचारी समायोजन सम्बन्धि बैठक ।

छलफलका मुख्य विषयहरू ।
१.ना. सु. बाट अधिकृतकाे लागि १५% अान्तरिक प्रतियोगिताकाे प्रावधान ।
२.कर्मचारीहरूकाे अवकाशकाे उमेर हद अन्ठाउन्न बर्षबाट ६० बर्ष बनाउने ।
३. पेन्सनकाेषकाे ब्यबस्था
४. सुनाैलाे स्वेच्छिक अवकाशकाे प्रावधान ।
५. दुई बर्षसम्म स्थायी पदपूर्ति नगर्ने प्राबधान ।
६. कार्यसम्पादन मुल्यांकन प्रणालीमा सुधार ।


                                 नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीकाे धारणा।
 
१.अान्तरिक प्रतियोगिता २०% बनाउने ।
२. अवकाशकाे उमेर हद कुनै हालतमा ६० बर्षे नबनाउने ।
३.पेन्सन काेष काे ब्यबस्था हुनुपर्ने
४. सुनाैलाे स्वेच्छिक अवकाश सँधै लिन पाउने ब्यबस्था
५. दुई बर्षसम्म पदपूर्ति नगर्ने प्राबधान अापत्तिजनक छ । पदपूर्ति राेकेर राज्य शैक्षिक बेरोजगार उत्पादन गर्ने    निकाय हुन पाउदैन ।
६. कर्मचारी समायोजन हँदा एक तह वढुवा दिने प्राबधान राखिनु पर्दछ ।
७. कार्यसम्पादन मुल्यांकन प्रणाली ३६० डिग्रीकाे लागू गर्ने ।
८. समायोजन गर्दा हालका निजामती कर्मचारीहरू पुल दरवन्दीमा रहने ब्यबस्था गरिनुपर्ने ।
९. राज्यको पुनर्संरचनाकाे समयमा निजामती सेवा एेन संशोधन होइन पुनर्लेखन गर्नु पर्दछ ।

                                      
   नेपाल निजामती कर्मचारी संगठनका अध्यक्षकाे धारणा ।

१. अवकाश उमेर हद ६० बर्षे बनाउनु पर्दछ।( तर्क सहित )
२. सकभर सबै तहका अा.प्र. हटाउनु पर्दछ नभए याे प्राबधान ठिक छ ।
३. सरूवा प्रणालीलाई अनुमानयाेग्य बनाउनु पर्दछ ।
४. क. स.मु. लाई कार्यसम्पादनमा अाधारित बनाउने।
५. पेन्सनकाेष ठिक छ, पेन्सन पाउने प्राबधान हालैको ५० ले भाग लाउनलाई ४० ले भाग लाग्ने बनाउने ।
नेपाल निजामती कर्मचारी युनियन संघकाे धारणा ।
१. हाल निजामती सेवा एेन संशोधन गर्ने समय हाेईन राज्यको पुनर्संरचना पछि मात्रै संशोधन गर्ने ।
२. अबकास उमेर हद ६० हाेइन सकभर ५५ बनाउनु पर्दछ नत्र बढाउनु हुदैन ।
३. सरूवा अनुमानयाेग्य बनाउने ।
४. सबै ट्रेड युनियनहरूकाे लिखित र सामुहिक धारणा तय गर्ने ।

No comments:

Post a Comment

अति उत्तम