एकदिवसीय लिग र टेष्टमा दुई डिभिजन बनाउने प्रस्तावमा आईसीसी अनिर्णित
१८ असार, काठमाडौं । नेपालले समेत
चासोपूर्वक हेरेको एकदिवसीय लिग र टेष्टमा क्रिकेटमा दुई डिभिजन बनाउने
प्रस्तावबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एडिनबरा बैठक
अनिर्णित बनेको छ । यद्यपि यो प्रस्तावमा प्रगति नै भएकोआईसीसीले बताएको छ । स्टकल्याण्डको एडिनबरामा भएको आईसीसीको साधारणसभा र बोर्ड मिटिङमा नयाँ प्रस्ताव पेश भएको थियो ।जसमा टेष्टमा दुई तह बनाउने प्रस्ताव छ । पहिलोे तहमा शक्तिशाली देशहरु रहेनछन् भने दोस्रो तहमा एशोसिएट्स देशले आफ्नो भाग्य जाँच्न पाउनेछन् । यो प्रस्ताव पास भएको अवस्थामा नेपालले समेत टेष्ट खेल्ने मौका पाउने सम्छ ।
यस्तै अर्को प्रस्ताव एकदिवसीय लिगको छ । जसमा टेष्ट टेष्ट टिमसहित १३ टिम हुनेछन् । र, १३ औं टिमको दाबेदारका रुपमा नेपाललाई समेत हेरिएको थियो । तर, दुबै प्रस्ताव पास हुन सकेन । बैठकमा सदस्यहरुले प्रस्तावको पूर्ण विवरण माग गरेको आईसीसीले जनाएको छ ।
यो प्रस्तावबारे छलफल गर्न आगामी
सेप्टेम्बरमा दुबईमा बैठक बोलाइएको छ । एडिनबरा बैठकमा यो प्रस्तावमा
सकारात्मक छलफल भएको आईसीसीका मुख्य कार्यकारी डेभिड रिचार्डसनले बताएका
छन् ।
No comments:
Post a Comment
अति उत्तम