Wednesday, June 29, 2016

गजल: थाहै भएन


दुश्मन थियो या , मित्र थाहै भएन ।
जुठो थियो या , पवित्र थाहै भएन ।।
म भने उसलाई , सम्भिmरहन्थें ।
खराब उसको, चरित्र थाहै भएन ।।
कहिले आफ्नो हुन , नसक्ने उसैको।
कोरिएछ मुटुमा , चित्र थाहै भएन ।।
जिन्दगी नै ठानेर , माया गरेछु ।
गलाउँदै रहेछ , भित्र थाहै भएन ।।
सँधै उसकै लागि , धडि्क दिने ।
कस्तो यो मुटु , विचित्र थाहै भएन ।।


१३औं धान दिवस

१३औं धान दिवस आज   “मानो रोपेर मुरी फलाऔं”

 १३औं राष्ट्रिय धान दिवस मुलुकभर आज बिशेष कार्यक्रम गरि मनाईदैछ  । आजका दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । कृषि मन्त्रालय लगायत कृषि क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकायले आज धान दिवसका अवसरमा विभिन्न ठाँउमा रोपाई महोत्वसको आयोजना गरेका छन् ।
नेपालले २०६१ देखि असार १५ लाई राष्ट्रिय धान दिवशको रुपमा मनाउन सुरु गरेको हो । यो बर्ष व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको बिस्तार भन्ने नाराका साथ मनाईदैछ । मुलुकको अर्थतन्त्रमा  धानखेतीले उल्लेखनीय भूमिका खेलेपनि आधुनिक कृषि प्रणाली अभावमा पछिल्लो समय हजारौ टन धान, चामल बिदेशबाट आयात हुने गरेको छ ।
कृषि विभागका अनुसार नेपालमा झण्डै १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्‍याएको छ । यो बर्ष समयमै बर्षा भएपनि १० प्रतिशत मात्रै रोपाई भएको छ ।आजकै दिन  किसानले खेतमा रोपाई गरि दहि चिउरा खाने भएकाले आजका दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ ।
वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरु बताउँछन् ।  दिवशको अवसरमा  कृषि बिभाग हरिहरभवनले ललितपूरको महालक्ष्मी नगरपालिका १२ सिद्धिपूर मा बिशेष कार्यक्रमको आयोजना गरेको छ । 
हरेक धान दिवशमा कृषिमन्त्री सहित कृषिसंग सम्बन्धित संघसंस्थाको उपस्थितिमा धान दिवश मनाइने परम्परा रहेपनि यसपाली भने कार्यव्यस्तताका कारण  कृषिमन्त्री सो कार्यक्रममा सहभागी नहुने  जिल्ला कृषि विकास कार्यलय ललितपूरका वरिष्ठ कृषि विकास अधिकृत दिपककुमार शर्माले जानकारी दिनुभयो । 

असार १५, २०७३ 
निरन्जन गुप्ता

Tuesday, June 28, 2016

भ्रष्टाचार र अनुचित कार्यमा, नियन्त्रणको आधारभुत मन्त्र

                                                                                                                                
गाेरख भण्डारी
भ्रष्टाचार सदाचारको विपरित हो भने अर्को शब्दमा निजी वा व्यक्तिगत फाइदाको लागि सार्वजनिक पदको हैसिलते हुने दुरुपयोग हो । साथै सार्वजनिक पद बहाल हुने व्यक्तिले जानीजानी मनसायपूवर्क दृश्य वा अदृश्य स्वार्थपूर्तिका लागि आफूलाई प्राप्त अधिकारको दुरुपयोग गरी फाइदा लिनुलाई भ्रष्टचार भनिन्छ । यसलाई श्वेत अपराधका रुपमा पनि चिनिन्छ । भ्रष्टचार समाजको रोग हो, सरकारी संयन्त्रको धमिरा हो, सभ्य नागरिकको लागि प्रदुषण हो । यसले सामाजिक नैतीक, सामाजिक भरोसा र संस्थागत अनुशासनलाई धराशायी बनाएको छ । यसको अन्त्य नगर्दा सम्म गरिबी निवारण, आर्थिक विकास, सुशासन र सभ्य समाजको निर्माण गर्न असम्भव छ । यो बहुक्षेत्रीय प्रभाव भएको आर्थिक सामाजिक अपराध हो । यसले राजनीतिलाई वेकम्पा, समाजलाई वृशृंखलित, संस्कृतिलाई विचलीत र अर्थतन्त्रलाई धराशायी पारेको छ । यस्तो भ्रष्टचारको प्रवृती ४ रुपमा देख्न सकिन्छ । जस्तो घुसखोरी, सरकारी सम्पत्ती हिनामिना, दुरशायपूर्ण नीति र नातावाद आदि हुन् ।
राज्य संयन्त्र भन्दा भ्रष्टचारी वढी चतुर हुने र राज्य व्यवस्था भित्र यसले डेरा जमाउने हुँदा भ्रष्टाचार झाँगिदै गएको पाइन्छ । भ्रष्ट आचरण मौलाउदै जाने प्रवृत्तिले व्यक्तिगत लाभ र फाइदा झाँगिदै गए पनि देश, जनता र सरकारलाई हानी नोक्सान पु¥याउँछ । भ्रष्टाचार सरकारी पक्षमा मात्र समिति नभई निजी र गैरसरकारी क्षेत्रमा पनि उत्तिकै भएको पाइन्छ । भ्रष्टचार मौलाउनुमा आथिर्क कारणका रुपमा  मानिसमा धनप्रति मोह बढ्दै जानु, आय आर्जनले मात्र दालभात बाहेय अहिलेको आवश्यकभोगी सामानको जोह गर्न नसक्नु थोरै लगानी र समयमै छिटो धनी हुने चाहनाले गाँज्दै लैजानु र सरकारी निगरानी कमजोर हुनु हो भने सामाजिक कारण धार्मिक तथा नैतिक मूल्यमा ह्रास देखिनु, सामाजिक प्रतिष्ठा आर्थिक पद्धतीसँग गाँसिएको कारण धन कमाउनमा लालसा बढेको, कर्तव्यनिष्ठ र इमानदारको तुलनामा भ्रष्टचारी बढी सम्मानीत हुने गरेको, सामाजिक रितिरिवाज बढी तडकभडकजन्य भएको र जनचेतनाको अभावको कारणले कुनै काम नभएमा पैसाको खेतीमा काम गराउने प्रवृत्तीको कारणले भ्रष्टचार मौलाइरहेको छ । त्यस्तै राजनीतिक कारणमा संबैधानीक निकाय जस्तोमा राजनीतिक दलीय भागबण्डा, भ्रष्टचारीलाई चौतर्फी संरक्षण, प्रशासन संयन्त्रमा राजनीतिक हस्तक्षेप र नीति निमार्णको काममा आफ्नो पक्षमा रहने गरी कनूनको निमार्ण र कार्यान्वयन गर्ने जस्ता कार्य गर्ने आदि कारणले पनि भ्रष्टचारलाई मलजल भएको देखिन्छ । साथै प्रशासनिक कारणमा पनि पारदर्शीतामा कमी, सरकारी मुल्याकन एवं निरीक्षण कमजोर हुनु र कानुनको प्रभावकारीता हुन सकेको छैन भने जिम्मेवारी पन्छाउने, जवाफदेही नहुने अवस्था पनि देखिएको छ भने कमजोर संस्थागत व्यवस्थाको कारणले गर्दा एउटै खाले मुद्दालाई पनि फरक फरक ढंगको फैसला र सजाय साथै सरुवा बढुवामा पनि सरकारको र राजनीतिक दलको भागवण्डा र वार्गिणीमा रहने आदिले गर्दा पनि भ्रष्टचार जाताततै मौलाएको देखिन्छ । अर्को उच्चतम प्रविधिको प्रयोगको अभावको कारणले पनि नेपाललाई विश्वको भ्रष्टचारको सूचीमा अग्ररुपमा नै देखाएको पाइन्छ । अन्य कारणमा भ्रष्टचारबाट कमाएको सम्पत्तीको समाजले खुलेर विरोध गर्ने भन्दा संरक्षण दिने प्रवृत्ती भएको त्यस्तै नैतिक शिक्षाको कमिले गर्दा भ्रष्टाचार विरुद्धका गतिविधि अन्धालाई सप्तरंगी उपहारजस्तो भएको छ भने कछुवाको टाउको जस्तो भ्रष्टाचार निवारणका संघसंस्था, आयोग र कानुन छ भने भ्रष्टाचार दिनदिनै जिराफको टाउको जस्तो देखिने भएको छ । यसकारण आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक, कमजोर संस्थागत व्यवस्था, उच्चतम प्रविधिको प्रयोगको अभाव र अन्य कारणले नेपालमा भ्रष्टचारमा राम्रै मलजल भएको देखिन्छ । यसमा अझ अनुचित कार्य मुल द्धारको रुपमा रहेको देखिन्छ । अनुचिक कार्य भन्नाले नातावाद, कृपावाद र मोलमोलाईवाद भन्ने हुन्छ । जुन यस बाट नै भ्रष्टाचार शुरु हुन्छ । तर भ्रष्टाचारले पैसाको लेनदेनलाई बुझाउँद छ भने अनुचित कार्यले कानुनले दिएको अख्तियारलाई दुरुपयोग गरी आफु उपयोग काम गर्ने, आफुले प्राप्त गरेको सुविधा र सहुलियतको दुरुपयोग, आफु मातहतका कर्मचारी वा प्रभाव रहेका व्यक्तिलाई अनुचित दबाब दिई वा प्रलोभनमा पारी आफ्नो अनुकुलको कार्य गराउने आदि कारणले गर्दा यस्ता अनुचित कार्यले पनि भ्रष्टचार मौलाउने बाटो खुलाएको छ । यसलाई पनि भ्रष्टाचार ऐन अन्तर्गत नै कानूनी उपचार खोज्न पाय राम्रो हुने थियो कि ? जुन अहिले सम्म अनुचित कार्यलाई विभागीय कारवाहीमा मात्र सिमित राखिएको छ । जसले गर्दा यसैको आँडमा नदेखिने भ्रष्टचार भैरहेको छ । भ्रष्टचार जुनसुकैले पनि गर्न सक्छ भने अनुचित कार्य अख्तियारवालाले मात्र गर्दछ ।
अब भ्रष्टचार कहाँ भन्ने कुरा गर्दा पैसा उठाउने, पैसा खर्च गर्ने ठाउँ, निर्णय हुने ठाँउ र सेवा प्रवाह हुने ठाँउमा भन्ने जवाफ पाइन्छ । यस्ता ठाँउमा सरकारको ध्बतअज म्यन चाहिनेमा कमजोरी देखिएको छ । भ्रष्टचारले कर्मचारी, राजनीतिक नेतृत्व, उद्योगी व्यापारी, करदाता सबैलाई प्रभाव पारेको हुन्छ । कमजोर कार्य पद्धती, प्रक्रिया उन्मुख कानून एवंम् निर्णय प्रणाली जिम्मेवारी पन्छाउने कार्य संस्कार, सरकारी निकायविचको कमजोर समन्वय, राजनीतिक अस्थितरता जस्ता कारणले भ्रष्टचारको बढ्दै गएको देखिन्छ ।
भ्रष्टचार नियन्त्रणका लागि भौतिक स्रोत साधनको कमीका कारण अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने, फैसला गर्ने कार्य निष्पक्ष हुन नसकेको र सहि व्यक्ति सहि ठाँउमा परिचालन गर्न नसक्नु पनि कमजोरी पक्ष मानिन्छ । त्यस्तै मुख्य जडको रुपमा प्रमाण जुटाउन नसक्नुले पनि भ्रष्टचार झन्झन् उत्साहित हुँदै गएको देखिन्छ । अझ यसमा राजनीतिक व्यवसायको रुपमा यसलाई चोखाउने प्रवृतीले पनि यसको नियन्त्रणमा असर देखिएको हो । जसको असर राजनीतिक धर्म छाडा कर्मचारी कर्मछाडा हुँदै जानु, अस्थिरता र अशान्ति बढ्दो रुपमा देखा पर्नु दण्डहिनताले प्रश्रय पाउनु प्रजातन्त्र र सुशासन कमजोर हुँदै जानु प्राकृतीक सम्पदा नासिदै जानु, प्रशासनीक ख्बगिभक गिर्दो रुपमा देखा पर्नु र यो देशमा जे गरे पनि हुने रहेछ भन्ने प्रवृतीले छाडातन्त्रको विकास हुनु पनि भ्रष्टचारबाट देखिएको असरको रुपमा देख्न सकिन्छ । जसलाई नियन्त्रण गर्न देशका सबै राज्यप्रति उत्तरदायी हुन जरुरी देखिन्छ ।
भ्रष्टाचार सरकार, जनता, कर्मचारी र नागरिक समाज सबैको समस्याको विषय हो । त्यसले यसको नियन्त्रण गर्न राज्यप्रति उत्तरदायी सबैको हो । विषेशगरी राजनीकित नेतृत्व, प्रमुख राजनीतिक दलका उच्च नेता, उच्चपदस्थ कर्मचारी नागरिक समाज र निजी क्षेत्रसमेतको आचरण, अनुशासन, चेतना र प्रयत्नबाट मात्र यस अभियानलाई गति प्रदान गर्न सकिन्छ । मुहान सफा भए पुछरमा सफा पानी बग्ने हँुदा शिर सफा हुनु जरुरी छ । जबसम्म यो बातावराण बन्दैन, तबसम्म सार्थक नतिजा प्राप्त गर्न सिकदैन । यसका लागि सचेत, नैतिक एवं जागरुक समाज अभियन्ताको जरुरी पर्दछ ।
पर्याप्त कानून (ब्मभत्रगबतभ ीबध), दक्ष संघसंस्था (भाष्अष्भलत ीबध भ्लायचअझभलत ब्नभलअथ), सामाजिक डर (क्यअष्ब िँभबच० यी ३ कुरा भ्रष्टचार र अनुचीत कार्य नियन्त्रणका लागि नभई नहुने विषय हुन । यो देशमा जुन दिन सम्म आफुलाई आफैले नैतीकवान बनाउँदै अथवा “जसरी आएको धन त्यसै गरी जान्छ” भन्ने उखानको डर हुँदैन र कानूनद्धारा निर्मित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य यस्तै निकाय सँगै डराउने प्रवृत्ती रहन्न तहाँ सम्म भ्रष्टचार रहिरहन्छ ।
अतः हाकिमसँग, प्रेस सँग, सहायकसँग, छिमेकीसँग, ऋष्लित सँग, ऋष्खष् िक्यअष्भतथ सँग, अभिभावकसँग, सन्तानसँग, समाजसँग, कानुनसँग, नैतिकतासँग र कानुनद्धारा गठित संघसस्था सँग डराउने वातावरण बन्नु नै भ्रष्टाचार र अनुचित कार्य नियन्त्रणको आधारभुत मन्त्र हो ।